दैलेख, ४ चैत । दाह्री, कपाल फुलेर सेताम्य । लौरी टेकेर कुप्रिएका रावतकोट–५ का बलबहादुर सुनार मंगलबार जिल्ला प्रहरी परिसरमा सञ्चारकर्मीसँग भन्दै थिए, ‘नेताले कुट्नसम्म कुटे, हजुर ।’ पत्नीका साथ सदरमुकाम आइपुगेका सुनार निकै थकित र निराश मुद्रामा भेटिएका थिए । गत बुधबार दिएको जाहेरीउपर काम–कारबाही बुझ्न सुनार दम्पती सदरमुकाम आएका हुन् । उनलाई छिमेकीसमेत रहेका नेकपा–माओवादीका जिल्ला नेताले १८ फागुनमा साँझ रूख काटेको विषयलाई लिएर कुटेका थिए । सुनारका अनुसार सोही ठाउँ निवासी माओवादीका जिल्ला सदस्य मणिराम विष्टले ‘डुम’ भन्दै लात्ती र मुक्काले हिर्काएका थिए । पुर्जी लिएर आफ्नै बारीभित्रको रूख काट्दा यसरी कुटिनुपर्यो पत्नी राजुले भनिन्, ‘आखिर हाम्रो गल्ती के थियो र ?’ डुमजस्ता शब्द बोलेर बेलाबेला गालीगलौज र कुटपिट गर्ने गरेकाले माफी दिन नचाहेको राजुले बताइन् । घटनापछि विष्ट फरार छन् । प्रहरीले खोजी गरिरहेको जनाएको छ । ‘गल्ती नभए किन भाग्नुपथ्र्यो ? उपचार खर्च दिएर माफी मागेको भए हामी जिल्लामा आउनुपर्थेन,’ राजुले भनिन् । कुटपिट भएको भोलिपल्ट सुनार दम्पती दुल्लु इलाका प्रहरीमा पुगेर निवेद...